Wednesday 14 October 2009

प्रवासी नेपाली पत्रकारहरुको काठमाडौं घोषणापत्र २०६६ जारी


प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, (२०६६ असोज २५ र २६ गते) काठमाडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले, विश्वभरी छरिएर रहेका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउदै प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६ जारी गरेको छ ।विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित सर्म्वर्धन गर्ने र उनीहरुको पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ सम्पन्न उक्त विश्व सम्मेलन १४ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ । संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम दर्ुइ दिनसम्म चलेको थियो ।



नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यक्रमका संयोजक दामोदर नेपालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने महासंघका उपाध्यक्ष गोविन्द आचार्यले स्वागत मन्तव्य दिनु भएको थियो ।



केन्द्रीय सदस्य उजिर मगरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारी, नेपाली कांग्रेसका प्रवक्ता अर्जुननरसिंह केसी, एमालेका महासचिवर् इश्वर पोखरेल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देव, एनआरएनएका अध्यक्ष डा. उपेन्द्र महतो लगायतकाले पत्रकारहरुको हरेक क्षेत्रमा महत्व रहने कुरा औंल्याउंदै उक्त सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।



कार्यक्रममा प्रवासी नेपाली पत्रकारहरुको तर्फाट नेपाल पत्रकार महासंघ कतार सर्म्पर्क समितिका अध्यक्ष कुमार काकीले कार्यपत्र प्रश्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्रमाथि दोस्रो दिन वृहत छलफल र अन्तरक्रिया गरी अन्त्यमा सो सम्मेलनले प्रवासी नेपाली पत्रकारहरुको साझा संगठनको रुपमा एउटा सञ्जाल गठन गर्दै १४ बुंदै काठमाडौं घोषणा पत्र जारी गरेको छ । उक्त घोषणा पत्रलाई यहां जस्ताको त्यस्तै राखिएको छ :-


प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६

प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, (२०६६ असोज २५ र २६ गते) काठमाँडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले, विश्वभरी छरिएका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउर्र्दै यो प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६ जारी गर्दछ,

* विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा सञ्चार माध्यमलाई प्रवासमा संगठित गर्न नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्न क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्ने गरी सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझावसहित यो सम्मेलन माग गर्दछ,
* यो सम्मेलन नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा मञ्चका रुपमा “प्रवासी नेपाली पत्रकार सञ्जाल” (Expariate Nepali Journalists Network, ENJN) नामक मञ्च गठन गर्ने प्रस्ताव पारित गर्दछ,

* प्रवासी नेपाली पत्रकारहरुको हकहितका लागि विश्वव्यापी नेपाली पत्रकार कल्याणकोषको स्थापना गर्न पहल गरिने छ,

* नेपाल पत्रकार महासंघको विधानमा प्रवासी नेपाली पत्रकारहरु तथा विदेश स्थित शाखाहरुको स्पष्ट उल्लेख गराउनका लागि विधान संशोधन गर्न यो सम्मेलन माग गर्दछ,

* विभिन्न देशबाट संचालित वेभ पत्रिका, छापा पत्रिका, एफएम तथा टेलिभिजनहरुलाई व्यवस्थित गर्ने तथा गुणस्तर वृद्धि र पत्रकारिताको मूल्य र मान्यता अनुरुप नै सञ्चालित गर्न यो सम्मेलन आग्रह गर्दछ,

* प्रवासी नेपाली पत्रकारहरुको पहिचान गरी तिनीहरुको हकहित तथा अधिकार संरक्षण गर्ने दिशामा एकजुट हुन नेपाल पत्रकार महासंघलाई सकृय वनाउने र नेपाल सरकारसंग पहल गरिने छ,

* नेपाली पत्रकारहरुद्वारा संचालित अनलाईन मिडियाहरुको दर्ता गर्ने प्रकृया तथा अनलाईन पत्रकारहरुलाई पे्रस पासका लागि पहल गर्न महासंघ र नेपाल सरकारलाई यो सम्मेलन माग गर्दछ,

* नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फ निर्वाचित हुने व्यवस्था गरी प्रवासी नेपाली पत्रकारहरुलाई मताधिकार र केन्द्रीय समितिमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने यो सम्मेलन माग गर्दछ,

* हालसम्म संचालनमा आएका अनलाइनलाई महासंघले नियमित नियमन र अनुगमन गर्न यो सम्मेलन माग गर्दछ

* श्रमजीवी नेपाली पत्रकारहरुको हकमा सबै संचार गृहमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दै महासंघले गरिहेको पहलमा ऐक्यबद्धता जाहेर गर्दछ,

* पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहिता कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ,

* मुलुकमा बढ्दै गएको राजनीतिक गतिरोध तत्काल अन्त्य गरी दलहरु मिलेर समयमै नयां संविधान लेखेर विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न यो सम्मेलन दलहरुलाई आग्रह गर्दछ,

* नेपाल भ्रमण वर्ष सन् २०११ सफल पार्न प्रवासी पत्रकारहरुले महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ,
* गैह्र आवसीय नेपाली संघ -एनआरएन) को अभियानलाई संचारमाध्यमबाट रचनात्मक प्रचारप्रसार गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।

Tuesday 13 October 2009

कुबेतमा कबिता प्रतियोगिता बारे अत्यन्त जरुरी सुचना



तिहारको लक्ष्मी पुजासंगै नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म शताब्दी मनाउने क्रम शुरु भएको छ, महाकवि देवकोटाको सम्झना गर्दै बर्ष भरिनै बिभिन्न सहित्यिक कर्यक्रम गर्नमा नेपाली साहित्य जगत उत्साहित भएर जुटेको छ,यसै क्रममा कुबेतमा पनि नेपाली भाषा साहित्यको जगेर्ना गर्ने र प्रबासमा कला सहित्यमा बिशेष चासो भएर पनि अबसर नपाएर बसेका श्रटाहरुको
लागि भनेर हामीले यो महाकवि देवकोटा कबिता प्रतियोगिता आयोजना गर्न लागेका हौ।

प्रतियोगितामा लागि यहाँहरुले सरल, सफा,छोटो, मिठो नेपाली भाषामा लेखिएको कबितालाई मात्र समाबेश गरिने छ, त्यस्तै महाकवी देबकोटाको जीवनीसँग सम्बन्धित रहेर लेखिएको कबितालाई बिशेष प्राथमिकता राखिने छ। कबिता आगामी शुक्रबार भित्र पठाइसक्नु पर्ने छ, उत्कृष्ट ३ कबितालाई बिशेष पुरस्कार सहित सम्मान गरिनुको साथै मरुभुमीको कोसेली पत्रीकामा उक्त कबिताहरुलाई प्रकाशित गरिने छ।

आयोजक:-
प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)
post box no. 2051,salmiya 20021,kuwait

email:- prabasiko_khabar@hotmail.com

web site:-www.prabasikokhabar.com (प्रबसीको खबर डट कम)

Monday 12 October 2009

प्रेस विज्ञप्ति(प्रबासी पत्रकारहरुको प्रथम विश्व सम्मेलन)




विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको एक मात्र साझा छाता संगठन गैरआवासीय नेपाली संघ (एनआरएन) को चौथो विश्व सम्मेलनको मुखैमा आएर हुन लागिरहेको प्रबासी पत्रकारहरुको प्रथम विश्व सम्मेलनमा प्रबासका पत्रकारका जल्दाबल्दा समस्याहरुलाई सम्भन्धित प्रतिनिधित्व गर्ने प्रबासी पत्रकारहरुले उठाउने छन र प्रबासमा रहेका ५०० भन्दा बढी प्रबासी पत्रकारहरुको आबाजलाई उजागर गरी सरकारसामु दरिलो रुपमा उपस्थित हुनेछन भन्ने हामीले आशा लिएका छौ। मध्यपुर्बका देशहरुमा प्रभुत्व रहेको प्रबासी पत्रकारहरुका याबत समस्याहरु सबैलाई अबगत गराइ प्रथम सम्मेलन पूर्ण रुपमा सफल होस यही हाम्रो कामना।

अध्यक्ष)आर.बी. बुढाथोकी

(सचिब) राजन रिमाल

प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

Friday 2 October 2009

कुवेतमा प्रवासी प्रगतिशिल पत्रकारहरु संगठित भए

कुबेतमा कार्यरत नेपाली पत्रकारहरुको समुह प्रवासी प्रगतिशिल पत्रकार मन्च(कुबेत) को गठन आज भन्दा ४ बर्ष पहिला २०६२ सालमा गठन भएको थियो तर बिभिन्न कारणबश समुहका साथीहरु कृयाशिल नरहेको कारण नयाँ कार्यसमिती गठन गरिएको हुनाले अहिले फेरि कुवेतमा कार्यरत नेपाली प्रगतिशिल पत्रकारहरुको मन्च प्रवासी प्रगतिशिल पत्रकार मन्च(कुबेत) लाई पुनर्गठन गरिएको छ।

हामी कुवेतमा रहेर आफ्नो कामका साथ-साथमा स्वतन्त्र पत्रकारिता गरिरहेका साथिहरुको सक्दो सहभागिताको साथमा अगाडि बड्न चाहन्छौं।नब गठित कार्यसमितीमा निम्न पदाधिकारीहरु चयन गरिएको छ।
अध्यक्ष
आर.बि. बुढाथोकी
उपाध्यक्ष
सुजन के.सि.
सचिव
राजन रिमाल
सह्- सचिव
हरी कृष्ण न्यौपाने
कोषाध्यक्ष
उषा खड्का
सह-कोषाध्यक्ष
श्याम पराजुली
सदस्यहरु
बिमल लामीछाने
तोया नाथ दाहाल
सौगात सुबेदी
बिर्खा जीत राइ
कृष्ण पोखरेल
सुशान गौतम
के बि राइ
कुमार जङ कार्की
अर्जुन बस्नेत
धिरज मगर
बि.बि. मल्ल ठकुरि (सुभदर्शन)
कारणबस कुवेतमा कार्यरत इच्छुक कुनै पत्रकार साथिहरु छुट्न गएको खण्डमा यथाशिग्र हाम्रो समुहसंग संपर्क गर्न अनुरोध गर्दछौं।
पत्रकारिता एक सम्मानित पेशा भएर पनि यसमा बिभिन्न जिम्मेवारी सहित जोखिम पनि त्यतिकै रहेको हुनाले एउटा पत्रकारको मर्म अर्को पत्रकारले मात्र बुझ्न सक्छ भन्ने हाम्रो मान्यता रहेको छ। एकलाई परेको अप्ठ्यरो अर्कोले भुझ्नु र सहयोगको भाबनाले हेर्नु उसको दायित्व पनि हुन आउछ । त्यसैले प्रवासमा रहेका पत्रकारहरुलाई एक मुठीमा बाँदेर एक ढिक्का भई अगाडि बढ्न सके प्रवासको पत्रकारिता बलियो हुने देखेर हामीले यो सस्थालाई पुनर्गठन गरेका हौं।आगामि दिनहरुमा संम्पुर्ण प्रबाशी नेपाली हरुको हक-हितको लागि र समस्या समाधानको लागि लागिपर्ने प्रतिबद्दता ब्यक्त गर्दछौं। साथै नेपाल अनि प्रबाशमा बसेर काम गर्ने पत्रकारहरु संग हातेमालो गर्दै प्रबाशी पत्रकारहरुको हक-हितको लागि काम गर्ने उदेश्य लिएर अगाडि बढ्ने छौं।

उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका गा।बि।स। वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक
Editor & publisher
http://nepalkuwait
तथा
सह-सचिब
प्रबासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

प्रेस विज्ञप्ति


इजरायलको तेलअभिव शहरमा भएको नेपाली कामदारसहयोगी मञ्च, इजरायलको निर्वाचनमा रितु गिरी अध्यक्ष रहेको समुह निर्वाचित भएको समाचार इजरायलबाट प्रसारित अनलाइन मिडिया नेपाल इजरायल डट नेटमा छापिएपछि नेपाल इजरायल डट नेटका सम्पादक श्री चिरञ्जिवी पाण्डेमाथि आक्रमण गरिएकोमा हामीले खेद ब्यक्त गरेका छौ ।
पराजयलाई सहज रुपमा लिन नसकेर उपज मानसिकताले एउटा पत्रकार माथि हमला गर्नु कयरता हो । प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुमा एउटा भाईचारको रुपम आपसी सदभाब हुनु पर्ने ठाउमा एक नेपालीले अर्को नेपालीलाई दुर्व्यबहार गर्नु अति नै दुखद कुरा हो त्यो पनि पत्रकारिता जस्तो एउटा राज्यको चौथो अङमाथि भएको आक्रमणलाई बिश्रभरले चासो दिएको छ । यस्ता जघन्य काममा लाग्ने जो कोहिलाई सख्त कार्बाही हुनुपर्छ र अगामी दिनमा यस्ता घटना गर्ने गराउनेलाई राज्यले नै बिशेष कार्बाही गर्नु पर्ने प्रवासी पत्रकार हरुको माग छ ।
(अध्यक्ष)आर.बी. बुढाथोकी

(सचिब) राजन रिमाल
प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

प्रवासी प्रगतिशिल पत्रकार मन्च(कुबेत)





कुबेतमा कार्यरत नेपाली पत्रकारहरुको समुह प्रवासी प्रगतिशिल पत्रकार मन्च(कुबेत)को गठन आज भन्दा ४ बर्ष पहिला २०६२ सालमा गठन भएको तर बिभिन्न कारणबश समुहका साथीहरु कृयाशिल नरहेको कारण नयाँ कार्यसमिती गठन गरिएको हुनाले सम्पूर्ण कुबेतबासी पत्रकारहरुलाई संगठित हुन अनुरोध गर्दछौ। पत्रकारिता एक सम्मानित पेशा भएर पनि यसमा बिभिन्न जिम्मेवारी सहित जोखिम पनि तेतिकै रहेको हुनाले एउटा पत्रकारको मर्म अर्को पत्रकारले मात्र बुझ्न सक्छ, एकलाई परेको अप्ठ्यरो अर्कोले भुझ्नु र सहयोगको भाबनाले हेर्नु उसको दायित्व पनि हुन आउछ त्यसैले प्रवासमा रहेका पत्रकारहरुलाई एक मुठीमा बादेर अगी बड्नाले प्रवासको पत्रकारिता बलियो हुने देखेर हामीले यो सस्थालाई पून गठन गरी सम्पूर्ण पत्रकारहरुको हक हितको लागि काम गर्ने उदेश्य लिएर अगी बड्ने छौ । नब गठित कार्यसमिती अनुसार निम्न अदाधिकारीहरु चयन गरिएको हुनाले,कारण बश कुनै पत्रकार साथिहरु छुट्न गएको खण्डमा यथाशिग्र संपर्क गर्न अनुरोध गर्दछौ ।


अध्यक्ष
आर बि बुढाथोकी

उपाध्यक्ष
सुजन के सि

सचिव
राजन रिमाल

सह्- सचिव
हरी कृष्ण न्यौपाने

कोषाध्यक्ष
उषा खड्का

सह-कोषाध्यक्ष
श्याम पराजुली

सदस्यहरु
बिमल लामीछाने,तोयानाथ दाहाल,सौगात सुबेदी,बिर्खाजीत राइ,कृष्ण पोखरेल,सुशान गौतम,के बि राइ कुमार जङ कार्की,अर्जुन बस्नेत, धिरज मगर