

तिहारको लक्ष्मी पुजासंगै नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म शताब्दी मनाउने क्रम शुरु भएको छ, महाकवि देवकोटाको सम्झना गर्दै बर्ष भरिनै बिभिन्न सहित्यिक कर्यक्रम गर्नमा नेपाली साहित्य जगत उत्साहित भएर जुटेको छ,यसै क्रममा कुबेतमा पनि नेपाली भाषा साहित्यको जगेर्ना गर्ने र प्रबासमा कला सहित्यमा बिशेष चासो भएर पनि अबसर नपाएर बसेका श्रटाहरुको
लागि भनेर हामीले यो महाकवि देवकोटा कबिता प्रतियोगिता आयोजना गर्न लागेका हौ।
प्रतियोगितामा लागि यहाँहरुले सरल, सफा,छोटो, मिठो नेपाली भाषामा लेखिएको कबितालाई मात्र समाबेश गरिने छ, त्यस्तै महाकवी देबकोटाको जीवनीसँग सम्बन्धित रहेर लेखिएको कबितालाई बिशेष प्राथमिकता राखिने छ। कबिता आगामी शुक्रबार भित्र पठाइसक्नु पर्ने छ, उत्कृष्ट ३ कबितालाई बिशेष पुरस्कार सहित सम्मान गरिनुको साथै मरुभुमीको कोसेली पत्रीकामा उक्त कबिताहरुलाई प्रकाशित गरिने छ।
आयोजक:-
प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)
post box no. 2051,salmiya 20021,kuwait
email:- prabasiko_khabar@hotmail.com
web site:-www.prabasikokhabar.com (प्रबसीको खबर डट कम)
No comments:
Post a Comment