Friday 2 October 2009

कुवेतमा प्रवासी प्रगतिशिल पत्रकारहरु संगठित भए

कुबेतमा कार्यरत नेपाली पत्रकारहरुको समुह प्रवासी प्रगतिशिल पत्रकार मन्च(कुबेत) को गठन आज भन्दा ४ बर्ष पहिला २०६२ सालमा गठन भएको थियो तर बिभिन्न कारणबश समुहका साथीहरु कृयाशिल नरहेको कारण नयाँ कार्यसमिती गठन गरिएको हुनाले अहिले फेरि कुवेतमा कार्यरत नेपाली प्रगतिशिल पत्रकारहरुको मन्च प्रवासी प्रगतिशिल पत्रकार मन्च(कुबेत) लाई पुनर्गठन गरिएको छ।

हामी कुवेतमा रहेर आफ्नो कामका साथ-साथमा स्वतन्त्र पत्रकारिता गरिरहेका साथिहरुको सक्दो सहभागिताको साथमा अगाडि बड्न चाहन्छौं।नब गठित कार्यसमितीमा निम्न पदाधिकारीहरु चयन गरिएको छ।
अध्यक्ष
आर.बि. बुढाथोकी
उपाध्यक्ष
सुजन के.सि.
सचिव
राजन रिमाल
सह्- सचिव
हरी कृष्ण न्यौपाने
कोषाध्यक्ष
उषा खड्का
सह-कोषाध्यक्ष
श्याम पराजुली
सदस्यहरु
बिमल लामीछाने
तोया नाथ दाहाल
सौगात सुबेदी
बिर्खा जीत राइ
कृष्ण पोखरेल
सुशान गौतम
के बि राइ
कुमार जङ कार्की
अर्जुन बस्नेत
धिरज मगर
बि.बि. मल्ल ठकुरि (सुभदर्शन)
कारणबस कुवेतमा कार्यरत इच्छुक कुनै पत्रकार साथिहरु छुट्न गएको खण्डमा यथाशिग्र हाम्रो समुहसंग संपर्क गर्न अनुरोध गर्दछौं।
पत्रकारिता एक सम्मानित पेशा भएर पनि यसमा बिभिन्न जिम्मेवारी सहित जोखिम पनि त्यतिकै रहेको हुनाले एउटा पत्रकारको मर्म अर्को पत्रकारले मात्र बुझ्न सक्छ भन्ने हाम्रो मान्यता रहेको छ। एकलाई परेको अप्ठ्यरो अर्कोले भुझ्नु र सहयोगको भाबनाले हेर्नु उसको दायित्व पनि हुन आउछ । त्यसैले प्रवासमा रहेका पत्रकारहरुलाई एक मुठीमा बाँदेर एक ढिक्का भई अगाडि बढ्न सके प्रवासको पत्रकारिता बलियो हुने देखेर हामीले यो सस्थालाई पुनर्गठन गरेका हौं।आगामि दिनहरुमा संम्पुर्ण प्रबाशी नेपाली हरुको हक-हितको लागि र समस्या समाधानको लागि लागिपर्ने प्रतिबद्दता ब्यक्त गर्दछौं। साथै नेपाल अनि प्रबाशमा बसेर काम गर्ने पत्रकारहरु संग हातेमालो गर्दै प्रबाशी पत्रकारहरुको हक-हितको लागि काम गर्ने उदेश्य लिएर अगाडि बढ्ने छौं।

उही परदेश बाट
हरि कृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका गा।बि।स। वार्ड न १ पुरानाकोट,सिन्धुपाल्चोक
हाल अनकुण्डा बलाद ईराक
Editor & publisher
http://nepalkuwait
तथा
सह-सचिब
प्रबासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

No comments:

Post a Comment