Friday 2 October 2009

प्रेस विज्ञप्ति


इजरायलको तेलअभिव शहरमा भएको नेपाली कामदारसहयोगी मञ्च, इजरायलको निर्वाचनमा रितु गिरी अध्यक्ष रहेको समुह निर्वाचित भएको समाचार इजरायलबाट प्रसारित अनलाइन मिडिया नेपाल इजरायल डट नेटमा छापिएपछि नेपाल इजरायल डट नेटका सम्पादक श्री चिरञ्जिवी पाण्डेमाथि आक्रमण गरिएकोमा हामीले खेद ब्यक्त गरेका छौ ।
पराजयलाई सहज रुपमा लिन नसकेर उपज मानसिकताले एउटा पत्रकार माथि हमला गर्नु कयरता हो । प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुमा एउटा भाईचारको रुपम आपसी सदभाब हुनु पर्ने ठाउमा एक नेपालीले अर्को नेपालीलाई दुर्व्यबहार गर्नु अति नै दुखद कुरा हो त्यो पनि पत्रकारिता जस्तो एउटा राज्यको चौथो अङमाथि भएको आक्रमणलाई बिश्रभरले चासो दिएको छ । यस्ता जघन्य काममा लाग्ने जो कोहिलाई सख्त कार्बाही हुनुपर्छ र अगामी दिनमा यस्ता घटना गर्ने गराउनेलाई राज्यले नै बिशेष कार्बाही गर्नु पर्ने प्रवासी पत्रकार हरुको माग छ ।
(अध्यक्ष)आर.बी. बुढाथोकी

(सचिब) राजन रिमाल
प्रवासी प्रगतीशिल पत्रकार मन्च(कुबेत)

No comments:

Post a Comment